• १९ वैशाख, बुधबार
  • , May 01, Wednesday

कोभ्याक्सिनको प्रभावकारिता ७७‍.८० प्रतिशतसम्म : भारत बायोटेक

  • २०७८ असार १९ शनिबार
  • Yugbani

काठमाडौँ — भारत बायो।टेकले बनाएको कोरोना खोप ‘कोभ्याक्सिन’ को प्रभावकारिता ७७.८० प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

 

हैदराबादस्थित भारत बायोटेक कम्पनीले तेस्रो चरणको परीक्षणमा खोपको प्रभावकारिता ७७.८० प्रतिशत देखिएको दाबी गरेको छ । लक्षण देखिएका(सिम्प्टोमेटिक) बिरामीमा परीक्षण गर्दा खोप प्रभावकारी देखिएको पनि कम्पनीको दाबी छ ।

 

 

त्यस्तै लक्षण नदेखिएका कोरोना संक्रमितमा भने उक्त खोप ६३.६० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । कम्पनीको दाबीअनुसार कोरोनाको डेल्टा भेरियन्टविरुद्ध पनि कोभ्याक्सिन ६५.२० प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ । कोभ्याक्सिन २ देखि ८ डिग्री सेल्सियस तापक्रममा सुरक्षित भण्डारण गर्न सकिने पनि कम्पनीले बताएको छ ।

छुटाउनुभयो कि?

सबै