कपिलवस्तुको ३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार गणेश जिसीले आफनो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कांग्रेसलाई समर्थन गरेका छन् ।
नेपाली कांग्रेसका संघीय उम्मेदवार अभिषेकप्रताप शाहलाई जिसीले समर्थन गरेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोविन्द केसीले जानकारी दिए ।
चुनावी अभियानलाई निष्क्रिय बनाई शाहलाई समर्थन गरेका पौडेलले विकास र समृद्विको अभियानमा आफ्नो साथ कांग्रेसलाई रहेको जानकारी दिए ।
जिसीले आफनो उम्मेदवारी निष्क्रिय बनाइ शाहलाई समर्थन गरेसँगै कपिलवस्तुको ३ नम्बर प्रतिनिधिसभा क्षेत्रमा चुनावी प्रतिस्पर्धा झनै कडा हुने देखिएको छ ।
यस क्षेत्रमा नेपाली कांग्रेसका शाह, नेकपा एमालेका मंगलप्रसाद गुप्ता र जनता प्रगतीशील पार्टीका ईश्वरदयाल मिश्रा, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रजौरिया, जनमत पार्टीका नरसिंह चौधरी प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् ।