• २७ कात्तिक, मंगलबार
  • , Nov 12, Tuesday

बालबालिकालाई टाइफाइडविरुद्धको खोप कहिले लगाउने ?

  • २०७८ चैत १५ मंगलबार
  • Yugbani

काठमाडौं । सरकारले बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशैभरका १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गरिनेछ । 

बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर टाइफाइडविरुद्धको खोप अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको छ । खोप लगाउने निश्चित मिति र स्थानको बारेमा स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा सम्पर्क गरी जानकारी लिन मनत्रालयले अनुरोध गरेको छ । 

यो अभियानपछि नियमित खोप कार्यक्रममा टाइफाइडविरुद्धको खोप पनि समावेश गरिने जानकारी दिएको स्वास्थ्य मन्त्रालयले १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइडविरुद्धको खोप प्रदान गर्ने भएको छ । 
 

छुटाउनुभयो कि?

सबै