• १९ वैशाख, बुधबार
  • , May 01, Wednesday

ऐतिहासिक विराटनगर र बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ प्रकाशित

  • २०७८ चैत १४ सोमबार
  • Yugbani

मोरङ — विराटनगर महानगरले ऐतिहासिक विराटनगर र प्रा. बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ पुस्तक प्रकाशित गरेको छ । महानगरले सोमबार आयोजना गरेको कार्यक्रममा प्रा.डा. गोपाल भण्डारी लगायतले दुवै पुस्तक विमोचन गरेका हुन् । 

‘ऐतिहासिक विराटनगर’ समालोचक दधिराज सुवेदीले लेखन र सम्पादन गरेका छन् । ‘बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ’ विवश पोखरेलको सम्पादनमा १/१ हजारप्रति प्रकाशित भएको हो । महानगरले दुवै पुस्तक प्रकाशित गरेर विराटनगरको इतिहासको संरक्षण गर्ने काम गरेको प्रा.डा. भण्डारीले बताए ।

समालोचक सुवेदीले लेखेको ४ सय ९ पृष्ठ लामो ऐतिहासिक विराटनगरमा विराटनगरको परिचय, सेनवंशी शासन, भेडियारी र विराटराजाको दरबार, विराटनगरको नामकरण र विराटनगरको ऐतिहासिकताबारेमा उल्लेख छ ।

यसका साथै विराटनगरमा भाषा-साहित्य, ऐतिहासिक विद्यालय, राजनीति, धर्म, संस्कृति, उद्योग, कला, खेलकुदलगायत क्षेत्रमा भए गरेको विकास र इतिहासको बारेमा उल्लेख छ ।

 

यस्तै, ८ सय १२ पृष्ठ लामो बालकृष्ण पोखरेलको स्मृतिमा बालकृष्ण पोखरेलको बारेमा विभिन्न व्यक्तिहरूले लेखेका रचना संग्रह गरेर प्रकाशित गरिएको छ ।

छुटाउनुभयो कि?

सबै