• १८ वैशाख, मंगलबार
  • , Apr 30, Tuesday

डडेल्धुरा सभापतिका लागि चुडामणी ठकुराठीको दाबेदारी

  • २०७८ साउन ०३ आइतबार
  • Yugbani

काठमाडौं l नेपाली कांग्रेसको १४ औं महाअधिवेशनको मिति नजिकिँदै गर्दा डडेल्धुराको सभापतिका लागि दौडधुप बढेको छ ।

भने विभिन्न ब्यक्तिले सभापति पदका लागि दाबी गरेका छन् । images images पार्टी सभापति शेरबहादुर देउवा र जिल्ला सभापति कर्ण मल्लको सहुमबाट सभापतिको प्रतिस्पर्धामा उत्रिरहेका बेला संस्थापन इतरको तर्फबाट डडेल्धुराको जिल्ला सभापतिका लागि चुडामणी ठकुराठी पनि प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ५ जन्मिएका ठकुराठी नेपाली कांग्रेसमा २०५१ सालदेखि सक्रिय राजनितीमा लागेका छन् । विद्यार्थी राजनीतिदेखि संक्रिय रहेका ठकुराठी राजनीतिशास्त्र, जनप्रशासन तथा कानूनमा डिग्री हासिल गरिसकेका छन् । उनी नेविसंघका पुर्व केन्द्रिय सदस्यसमेत हुन् । पार्टिमा संस्था भन्दापनी ब्यक्तिबादी हावी भएको आरोप लगाउदै पार्टीलाई चुस्तद्रुस्त बनाउन पार्टीमा योग्य ब्यक्तिलाई उचित स्थान दिनु पर्ने जोड दिएका छन् । काङ्ग्रेस बलियो बनाउन नातावाद,कृपावाद,डनवाद ठेकेदारवाद,अर्थवाद नभाई विचार,नैतिकता,इमानदारीता,जवाफदेहिता,जिम्मेवारीता,कुशलता,अनुभव,प्रभावकारितालाई प्रश्रय दिनु पर्ने आफ्नो धारणा रहेको उनले बताए । पार्टीलाई जिल्लामा कार्यकर्ताका भावनालाई समेटेर सहमति, सहकार्य र एकताको आधारमा पार्टीसँग सम्बन्धित संगठनहरुलाई पनि चलायमान बनाउने ठकुराठीले बताए । अहिले पार्टिमा पार्टीप्रती गैर जिम्मेवार ब्यक्ती र आर्थिक रुपमा बलियो रहेका ब्यक्ति हावी हुन लागेको पनि आरोप लगाएका छन् । पार्टीलाई ब्यक्तिगत ढंगले संचालन नगरी संस्थागत ढंगले स्थानीयदेखि केन्द्रियस्तरसम्म संचालन गर्नु पर्ने,पुर्णरुपमा व्यावहारिक ढंगले समाजवादलाई पार्टीको मुलमन्त्रका रुपमा कार्यान्वयन गरिनु पर्ने बताए । महामानव विपि कोइराला,लौहपुरुष गणेशमान सिंह,सन्तनेता कृष्णप्रसाद भट्टराई,महानदानी सुवर्ण शमशेर,महानायक गिरिजाप्रसाद कोइराला, संविधानका पिता सुशील कोइराला लगायत सम्पूर्ण नेताहरुका बिचार,शैली संस्कार,आचरणलाई पुर्ण रुपमा अनुसरण गर्ने पद्धतिको कार्यान्वयन गर्न पर्ने ठकुराठीले बताए । पार्टीले सामाजिकरणलाई जोड दिनु पर्ने,लोककल्याणकारी राज्यलाई प्राथमिकता,सहअस्तित्वको सिद्धान्तलाई आत्मसात गर्नु पर्ने,निजि सम्पत्तिमा अन्तिम नियन्त्रण राज्यको हुनु पर्ने,सामाजिक न्याय र अवसरको समान बितरण,स्थानीय देखि जिल्ला,प्रदेशको नेतृत्वले केन्द्रिय नेतृत्वलाई यथार्थ र उचित समयमा प्रतिवेदन पेश गर्नु पर्ने पद्धतिको बिकास गर्नु र भ्रष्टाचार नियन्त्रण गर्ने कार्यलाई पार्टीले पहिलो प्राथमिकता राख्नु पर्ने धारणा राखे । जिल्ला सभापतिको नेतृत्वका लागि पर्शुराम नगारपालिकाका प्रमुख भीमबहादुर साउद, वर्तमान जिल्ला उपसभापति करुणकर भट्ट, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ल, भरत नेपाली, हरि प्रसाद भट्टले दावी गरेका छन् । कांग्रेसको कार्यतालिका अनुसार साउन १२ गतेदेखि वडा तहको अधिवेशन सुरु हुनेछ। त्यसपछि १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ । एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ। र, अन्त्यमा भदौ १६–१९ गते काठमाडौंमा १४औं महाधिवेशन हुने तालिकामा उल्लेख छ।

छुटाउनुभयो कि?

सबै