• ०६ जेठ, आइतबार
  • , May 19, Sunday

सुदूरपश्चिम प्रदेशका एमाले तर्फका मन्त्रीलाई एमाले प्रदेश कमिटीको अर्काे पत्र

  • २०७८ जेठ १३ बिहीबार
  • Yugbani

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आफ्नो पार्टीबाट मन्त्री भएका तीन जनालाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । प्रदेश समितिको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै सरकारबाट अलग हुन निर्देशन दिएको हो ।

एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा माया भट्ट र सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी छन् । उनीहरुलाई पार्टीको स्थायी कमिटी बैठकको निर्देशन बमोजिम माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिइएको सचिव रावलले बताए ।

शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि ११ जेठमै तीनै जना मन्त्रीलाई सरकारबाट फिर्ता हुने पत्रसमेत काटिएको थियो । बुधबार फेरि पत्र नै थमाइएको हो ।
तर बुधबार नै बसेको एमाले सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गर्दै केन्द्रको स्थायी समितिको निर्णयलाई चुनौती दिएको थियो ।

सुदूरपश्चिम एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत छ । अहिले फिर्ता बोलाइएको तीनै जना मन्त्री माधव नेपाल पक्षीय हुन् ।

सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित एमालेका २५ जना सदस्य रहेकोमा वरिष्ठ नेता माधव नेपाल पक्षका १८ र ओली पक्षका ६ जना छन् ।

छुटाउनुभयो कि?

सबै