• ०६ जेठ, आइतबार
  • , May 19, Sunday

अदालतले संविधान र संसदीय व्यवस्था बचाउने देउवाको विश्‍वास

  • २०७८ जेठ १३ बिहीबार
  • Yugbani

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गरेका छन् । बिहीबार नेपाल प्रेस युनियनको ३१औं वर्ष प्रवेशको अवसरमा युनियनले गरेको अर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले मध्यरातमा संसद् विघटन गर्नु असंवैधानिक भएको भन्दै अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गरे । 

सभापति देउवाले कांग्रेसले निर्दलीय चरित्र देखायो भन्नेहरूलाई जवाफ दिँदै संविधान पढ्न आग्रह गरे । सभापति देउवाले संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रनुपर्ने मत भए पनि आफूले रोकेको बताए । कोभिड महामारीमा जनता जीवन ठूलो भएकाले आन्दोलन नगरिएको बताए । फरक प्रसंगमा देउवाले पार्टीको महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न आफू तयार भएको बताए । 

 

 

 

 

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले देशमा एकसाथ तीन वटा लडाइँ लडिरहेको बताए । देशलाई विकल्प चाहिएको भन्दै नेता पौडेलले चुनावमा जाने परिस्थिति कतै नदेखिएको धारणा राखे । 

छुटाउनुभयो कि?

सबै