• ०५ जेठ, शनिबार
  • , May 18, Saturday

महन्थ र राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोध्ने जसपाको निर्णय

  • २०७८ जेठ ०८ शनिबार
  • Yugbani

जनता समाजवादी पार्टी (जसपा) नेपालको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । चित्तबुझ्दो जवाफ नआए पार्टी विधानअनुसार कारवाही गरिने निर्णय पनि भएको बैठकमा सहभागी एक नेताले बताए ।

जसपा नेपालको कार्यकारिणी समितिको बैठक सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा  बसेको थियो । जसपा नपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शुरु भएको बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुको सहभागिता भने थिएन । बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा ३१ जना सदस्यको उपस्थिति रहेको थियो । जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय रहेका छन् ।

गत जेठ ४ गते अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक तय गरेका थिए । तर शुक्रबार अचानक अध्यक्ष ठाकुरले कोरोनाको कारण देखाउँदै बैठक स्थगित भएको विज्ञप्ति जारी गरेका थिए । तर लगत्तै अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको र निर्धारित मितिमा नै बैठक हुने विज्ञप्ति जारी गरेका थिए ।

छुटाउनुभयो कि?

सबै