• ०५ जेठ, शनिबार
  • , May 18, Saturday

स्वीजरल्याण्डको सहयोगका ९४ करोडको स्वास्थ्य सामाग्री ल्याइयो

  • २०७८ जेठ ०८ शनिबार
  • Yugbani

काठमाडौं : स्वीजरल्याण्ड सरकारबाट सहायता स्वरूप ९४ करोड बराबरको स्वास्थ्य सामाग्री शनिबार नेपाल ल्याइएको छ । 

शनिबार नेपाल आइपुगेको स्वास्थ्य सामग्री स्वीस राजदूत महामहिम एलिजावेथ भोन क्यापीलरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् । 

 

केही दिन अघि स्वीस राजदूतसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल स्वास्थ्य सामग्री आयातको लागि पहल गरेका थिए । मन्त्री पोखरेलसँगको कुराकानीपछि स्वीजरल्याण्ड सरकारले स्वास्थ्य सामग्री नेपाल पठाएको हो । 

छुटाउनुभयो कि?

सबै