• ०२ माघ, बुधबार
  • , Jan 15, Wednesday

किन उठ्ने बिहान सबेरै ? यस्ता छन् कारण

  • २०७९ मंसिर ०२ शुक्रबार
  • Yugbani

सबैलाई थाहा छ, समयमै सुत्ने र समयमै उठ्ने गरेमा यसले स्वास्थ्य राम्रो हुन्छ । तर यो थाहा पाउँदापाउदै धेरैले अल्छिका कारण यसो गर्दैनन् ।

समयमा सुत्ने वा उठ्ने नगरे व्यक्तिको दैनिकी खराब हुनुका साथै विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छ ।

यसो नगरे मानसिक रोग, मोटोपन, आलस्यता, मुटुसम्बन्धी समस्या हुने गर्दछ । अझ दिनभरीको थकानले शरीरलाई हानी पुर्याइहेका बेला यसबाट बच्न पनि समयमै सुत्ने र उठ्ने गर्नुपर्छ ।


यस्तो छ, बिहान सबेरै उठ्नुका फाइदा :

– बिहान चाँडै उठ्दा शुद्ध हावा पाइन्छ । जसले फोक्सोलाई स्वस्थ राख्छ ।

– सबेरै उठ्दा पाइने शुद्ध अक्सिजनले शरीरलाई स्वस्थ्य राख्दछ ।

– बिहानै चाँडै उठे व्यायाम गर्न समय हुन्छ ।

– बिहान सबेरै उठेर व्यायाम गरे हृदय रोगको सम्भावना कम हुन्छ ।

– बिहान सबेरै उठेर व्यायाम गरे शरीरमा रक्तसञ्चार सही हुन्छ ।

– बिहान सबेरै उठ्ने मानिसमा मानसिक रोगको समस्या कम हुन्छ ।

– चाँडै उठ्नाले काम गर्नकालागि समय धेरै मिल्दछ ।

छुटाउनुभयो कि?

सबै