• ०२ माघ, बुधबार
  • , Jan 15, Wednesday

यूएईविरुद्ध एक दिवसीय सिरिजको पहिलो खेल खेल्दै नेपाल

  • २०७९ कात्तिक २८ सोमबार
  • Yugbani

आज नेपालले पाहुना टोली यूएईसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ९ बजेदेखि पहिलो खेल सुरु हुनेछ । त्रिवि मैदानमा नेपाल र यूएईबीच तीन खेलको सिरिज हुनेछ ।

 

नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि परिचित टोली हुन् । अहिलेसम्म भएका ६ प्रतिस्पर्धामा नेपाल दुईमा विजयी हुँदा चार खेलमा यूएई विजयी भएको छ ।

नेपाल भ्रमणमा रहेको युएईसँगको दोस्रो खेल बुधबार र तेस्रो शनिबार हुँदैछ । पहिलो खेलमा जित दर्ता गर्दै सुखद् सुरुवात गर्ने तयारीमा दुवै देश रहेका छन् ।

छुटाउनुभयो कि?

सबै