• ०३ चैत, सोमबार
  • , Mar 17, Monday

राप्रपा-एमालेले आफु हार्ने सम्भावना देखेपछि एनपीविरुद्ध थाले दुष्प्रचार

  • २०७९ कात्तिक १३ आइतबार
  • Yugbani

काठमाडौं । कञ्चनपुर क्षेत्र नम्वर २ का उम्मेद्वार एवं नेपाली काँग्रेसका प्रभावशाली नेता एनपी साउदकाे पक्ष जनमत बढ्दै गएपछि विपक्षीहरूले दुष्प्रचार बढाएका छन् । दुष्प्रचारकाे हद यहाँसम्म पुगेकाे छ कि हुँदै नभएकाे कुरालाई दाबी गरेर राप्रपा एमाले गठबन्धनले गाेयबल्स शैलीकाे प्रपाेगाण्डा गरिरहेका छन् । तर आचारसंहितामै मित्थ्या सूचना र दुष्प्रचारकाे वकालत गरेकाे निर्वाचन आयाेग मौन छ । केन्द्रमा निर्वाचन आयाेगकाे नेतृत्वले आफूलाई नियुक्त गरेकाे बफादारी एमालेप्रति देखाएजस्तै जिल्लामा निर्वाचन अधिकृत एमालेप्रति नतमस्तक देखिएका छन् । दिउसै रात पार्नेगरी प्रचार गर्दा पनि मौन छन् । सामाजिक सञ्जालकाे दुष्प्रचार राेक्न फेसबुककाे मेटा कम्पनीसँग सहर्काय गरे पनि एमाले राप्रपाहरूबाट हुने दुष्प्रचारमा भने नजरअन्दाज गरिरहेकाे छ । यसकाे सिकार भएका छन् कञ्चनपुर २ का लाेकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार साउद । उनी उपस्थित नभएकाे कार्यक्रमकाे भिडियाे देखाएर राप्रपा र एमालेका कार्यकर्ताले लखेटिएकाे भनेर प्रचार गरेका छन् । 

घटना हाे कृष्णपुर नगरपालिका वडा नम्बर ५ पवित्रा बस्तीकाे । तिहारकाे देउसी भैलाे खेल्ने बेला दुई युवाबीच झडप भएकाे थियाे । सुरेश सार्की र सुशान्त ताम्राकारबीच भैली खेल्दा भएकाे झडपले शनिबार आयाेजित सांस्कृतिक कार्यक्रममा उत्कर्ष रूप लियाे । दुई पक्षबीच झडपकाे स्थिति सिर्जना हुनथाल्याे । तर राप्रपा र एमाले गठबन्धनले यसलाई राजनीतिक रंग दिएर एनपी साउद लखेटिएकाे भनेर प्रचार गरि निक्रिष्ट राजनीति गरिरहेका छन् । `एनपी साउदकाे विषयमा कुनै विवाद हाेइन । एनपी साउद उपस्थित पनि थिएनन् । तर एनपी साउदलाई जाेडेर भिडियाे आउदा अचम्मित छौं । म प्रमुख अतिथि थिए । त्यस्ताे केही थिएन । व्यक्तिगत विवादलाई उचालेर सिनियर नेतासँग जाेडेर दुष्प्रचार भयाे,´ मेयर हेमराज ओझाले भने । उक्त वडाका वडाध्यक्ष टेक पाण्डेयले पनि दुष्प्रचार नगर्न अपिल गरेका छन् । तर राप्रपा र एमाले निकट कार्यकर्ता तथा पत्रकारले हुँदै नभएकाे कुरालाई अतिरञ्जित गरेर स्थापित गर्न लागिपरेका छन् । याे हल्ला फैलाउने राप्रपा कार्यकर्ता अमर महरा छन् । जाे वडाध्यक्षमा पराजित व्यक्ति हुन् । उनकाे भिडियाेलाई एमाले कार्यकर्ताले सुनियाेजित रूपमा शेयर गरेर भाइरल बनाएका छन् । दिउँसै रात पार्नेगरी दुष्प्रचार हुँदा निर्वाचन आयाेग र जिल्ला निर्वाचन अधिकारी कानमा तेल हालेर बसेका छन् । 

 

काँग्रेस नेता कार्यकर्ताले याे घटनाप्रति दुख व्यक्त गरेका छन् । दुष्प्रचार फैलाउनेमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

छुटाउनुभयो कि?

सबै