• ०६ वैशाख, बिहीबार
  • , Apr 18, Thursday

लायन्स क्लव अफ काठमाण्डौं निर्वानाका पूर्व अध्यक्षहरु सम्मानित

  • २०७९ असोज ०७ शुक्रबार
  • Yugbani

काठमाण्डौं । लायन्स क्लव अफ काठमाण्डौं निर्वानाका पूर्व अध्यक्षहरु सम्मानित भएका छन् । क्लवको शनिवार सम्पन्न एक विशेष समारोहमा सामाजिक क्षेत्रमा पुर्याएको योगदानका लागि उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने पूर्व अध्यक्षहरुमा आदर्शनारायण प्रधान, कुलराज थापा, ज्योतिकुमार श्रेष्ठ, रुपा न्यौपाने, अभिषेक अग्रवाल, अरुणकुमार क्षेत्री,मीननाथ न्यौपाने र हरि बहादुर खड्का क्षेत्री रहेका छन् । कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डौं निर्वानाका संस्थापक अध्यक्ष भोजराज न्यौपानेले आफ्ना पूर्व अध्यक्षहरुको सम्मान कार्यक्रमको आयोजना गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर आर.एस.महतोले लायन्स क्लव अफ काठमाण्डौं निर्वानाले सामाजिक क्षेत्रमा अरुको भन्दा फरक रुपमा सेवा गरिरहेको बताउनु भयो ।

कार्यक्रममा बलराम श्रेष्ठ, विरेन्द्रबहादुर थपलिया, गौतमराज वाग्ले,श्रीधर भण्डारी र विनोदचन्द्र भट्टराईले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा क्ल्बका पूर्व अध्यक्ष एव होलिस्टिक माइण्डसका लाइफ कोच आदर्श नारायण प्रधानले सहभागीहरुलाई ध्यान गराउनु भएको थियो ।

छुटाउनुभयो कि?

सबै