• २७ साउन, शुक्रबार
  • , Aug 12, Friday

गोलबजार सेमिफाइनलमा

  • २०७८ चैत १४ सोमबार
  • Yugbani

विराटनगर — साविक विजेता एपीएफ पकलीलाई पेनाल्टी सुटआउटमा ६–५ गोलले हराउँदै प्रतिभा फुटबल क्लब गोलबजार सिरहा सोमबार दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

निर्धारित समयमा गोलरहित खेलपछि म्याच पेनाल्टीमा धकेलिएको थियो । त्यसमा गोल बजारका सनम थापा, आसिव चौधरी, कुलदेव कार्की, अली ओला, निश्चल मोक्तान र विनु आले मगरको प्रहार गोलमा परिणत हुँदा टिमको दमक एकेडेमीसँगको सेमिफाइनल भेट पक्का भएको थियो ।

 

एपीएफका सन्तोष कटुवाल, मदन भट्टराई, बुद्धिमान राई, हिसुव थपलिया र निशन खड्काको प्रहार गोलमा परिणत हुँदा श्याम मुर्मको प्रहार पोलमा लागेर फर्किनु र सौरभ लिम्बुको प्रहार गोल बजारका गोलकिपर निश्चल मुक्ताङले रोक्दा एपीएफ उपाधि रक्षामा असफल हुन पुग्यो । मोक्तान प्लेयर अफ द म्याच भए ।

मंगलबार गोधुली फुटबल क्लब धरान र साइनो स्पोर्टस क्लब विराटनगरबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

छुटाउनुभयो कि?

सबै