• ११ वैशाख, बिहीबार
  • , Apr 24, Thursday

अमेरिकी पौडीबाज केलब ड्रेसलले जिते तेस्रो स्वर्ण, १०० मिटर बटरफ्लाइमा कीर्तिमान

  • २०७८ साउन १६ शनिबार
  • Yugbani

अमेरिकी पौडीबाज केलब ड्रेसलले जापानको टोकियोमा जारी ओलम्पिक गेम्समा तीन स्वर्ण पदक जितेका छन् । पुरुष तर्फको १०० मिटर बटरफ्लाइमा उनले विश्व कीर्तिमान भंग गर्दै ड्रेसलले स्वर्ण पदक जितेका हुन् । २४ वर्षका ड्रेसलले ४९.४५ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका हुन् । ०.२३ सेकेण्ड पछि परेका हंगेरीका क्रिष्टोफ मिलाकले रजत जिते । स्वीट्जरल्याण्डका नोए पोन्टीले काश्य पदक जितेका छन् ।

ड्रेसलले यसअघि १०० मिटर फ्री स्टाइलमा ४७.०२ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका थिए । यस्तै उनले चार गुणा सय मिटर रिलेमा पनि स्वर्ण जितेका थिए । जारी टोकियो ओलम्पिकमा ड्रेसलले शनिबार अर्को स्वर्ण जित्ने सम्भावना पनि छ । उनले शनिबार मिक्स्ड मिड्लेको फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । ड्रेसलले जारी ओलम्पिकमा ५० मिटर फ्री स्टाइल तथा मिड्लेमा पनि प्रतिस्पर्धा गर्ने छन् । बाँकी तीनैमा स्वर्ण जितेमा उनको यो ओलम्पिकमा कुल स्वर्ण संख्या ६ हुने छ ।

छुटाउनुभयो कि?

सबै