• १६ चैत, शुक्रबार
  • , Mar 29, Friday

बाढीले २१ हजार कुखुरा नष्ट

  • २०७८ असार २१ सोमबार
  • Yugbani

चितवन : कयर खोलामा आएको बाढीले २१ हजार कुखुरा बगाएको छ। सिद्धिको कयरखोलामा गत असार १६ गते आएको बाढीले कुखुरा बगाएको हो।

बाढीले दुई वटा फर्ममा रहेका २१ हजार अण्डा दिने कुखुरा मरेका हुन्। बाढीले कुखुर बगाएपछि करिब दुई करोड रूपैयाँभन्दा बढीको क्षति भएको केसी पोल्ट्री फार्मका सञ्चालक शिवराम केसीले जानकारी दिए। ‘खोरमा बाढी पसेर केही बगायो कति यही मरेका छन्’, उनले भने, ‘खोलामा लगाएको बाँधले वहाव खोरतर्फ सोझिदा क्षति भएको हो।’ असार १७ गते आएको बाढीले कालिका पोल्ट्री फार्मका १५ हजार र केसी पोल्ट्री फार्मका ६ हजार कुखुरा नष्ट गरेको छ। बाँधका कारण पानीको वहाव खोरतर्फ हानिएको केसीले बताए। त्यस्तै बाढीले खोर पनि भत्काएको छ। मरेका कुखुरालाई खाल्डो खनेर गाडिएको छ।

छुटाउनुभयो कि?

सबै