• ०२ कात्तिक, मंगलबार
  • , Oct 19, Tuesday

निर्णायक पेनाल्टी 'मिस' गरेका एमबाप्पेलाई पेलेले भने- भोलि तिम्रो नयाँ यात्राको पहिलो दिन

  • २०७८ असार १५ मंगलबार
  • Yugbani

फ्रेञ्च फरवार्ड केलियन एमबाप्पेका लागि युरो २०२० बिर्सनलायक प्रतियोगिता बन्न पुग्यो। 

स्विट्जरल्यान्डविरुद्धको अन्तिम १६ को खेलमा उनले पाएका अवसरमा गोल गर्न सकेनन्। पेनाल्टी सुटआउटमा पुगेको खेलमा एमबाप्पेले निर्णायक पेनाल्टी मिस गर्दा फ्रान्स अन्तिम १६ बाटै बाहिरियो।

प्रतियोगितामा खराब प्रदर्शन गरेका पिएसजीका फरवार्डले निर्णायक पेनाल्टीमा गोल गर्न नसकेपछि उनलाई खेलाडीहरूले सान्त्वना दिइरहेका छन्।

जसमा ब्राजिलका महान् फुटबलर पेलेले पनि एमबाप्पेको समर्थनमा सामाजिक सञ्जालमा लेखेका छन्। उनले लेखेका छन्- 'आफ्नो शिर उचो राख, भोलि तिम्रो नयाँ यात्राको पहिलो दिन हो।' 

एमबाप्पेले युरो २०२० को चार खेलमा गोल गर्न सकेनन्।

तीन वर्षअघि भएको विश्वकप फ्रान्सले जित्दा एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यतिबेला उनले ४ गोल गर्दै विश्वकपमा उत्कृष्ट युवा खेलाडी बनेका थिए। त्यतिबेला उनले पेलेको तीन वटा रेकर्ड बराबरी गरेका थिए। 

अर्जेन्टिनाविरूद्धको खेलमा २ गोल गरेपछि विश्वकपको एउटै खेलमा २ गोल गर्ने एम्बाप्पे दोस्रो टिनएजर खेलाडी बनेका थिए। यसअघि पेलेले सन् १९५८ मा विश्वकपको एकै खेलमा २ गोल गरेका थिए।

विश्वकपको फाइनलमा गोल गर्ने टिनएजरको रेकर्ड पनि पेलेका नाममा थियो। क्रोएशियाविरूद्धको खेलमा गोल गरेर एम्बाप्पेले त्यो रेकर्ड पनि बराबर गरेका थिए।  स्विडेनविरूद्धको फाइनल खेलमा गोल गर्दा पेले १७ वर्षका थिए।

पेलेले पहिलो विश्वकप खेल्दा ब्राजिलले उपाधि चुमेको थियो र उनी उत्कृष्ट युवा खेलाडी बनेका थिए। एम्बाप्पेले पहिलो विश्वकप खेल्दा फ्रान्सले उपाधि जित्यो र उनी उत्कृष्ट युवा खेलाडी बने।

त्यतिबेला पनि पेलेले एमबाप्पेको प्रशंसा गरेका थिए।

छुटाउनुभयो कि?

सबै