• ०६ वैशाख, बिहीबार
  • , Apr 18, Thursday

सरकारले चितवनलाई उपेक्षा गर्‍यो : प्रचण्ड

  • २०७८ असार ०८ मंगलबार
  • Yugbani

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डको गृहजिल्ला भनेर ओली सरकारले चितवनलाई  बेवास्ता गरेको आरोप लगाएका छन् । 

मंगलबार  विपत् व्यवस्थापन र जानकारीसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रचण्डले चितवनको समस्या हल गर्न र विकास निर्माणको कामलाई सकारात्मक बनाउन अहिलेको सरकारले नचाहेकाे बताए ।

प्रधानमन्त्री केपी ओलीले चितवनलाई एउटा जिल्ला हो भन्ने भन्दा पनि प्रचण्डको गृहजिल्ला भनेर छुट्याएको बताए । उनले चितवनमा विकास भयो भने प्रचण्डले फाइदा उठाउँछ भनेर ओली सरकारले चितवनलाई उपेक्षा गरेको टिप्पणी गरे ।  

भरतपुरलाई स्मार्ट सिटीको रूपमा विकास गराउन बारम्बार आग्रह गर्दा पनि सरकारले बजेट विनियोजन नगराएको उल्लेख गरे । मंगलबार बिहान  उनले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन पनि गरेका थिए । 

छुटाउनुभयो कि?

सबै