• ०५ जेठ, आइतबार
  • , May 18, Sunday

काठमाडौंबाट नक्कली डिएसपी पक्राउ

  • २०७८ असार ०१ मंगलबार
  • Yugbani

काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले एक नक्कली डिएसपीलाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले कृष्ण प्रसाद ढुङ्गानालाई सोमबार पक्राउ गरेको हो।

महाशाखामा उनी बिरुद्ध उजुरी परेको थियो।

सामाजिक सञ्जाल मार्फत हुँदै नभएको पदमा आफू छु भन्दै भ्रम छरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो।

महाशाखाको टोलीले कृष्णप्रसादले तारकेश्वरमा संचालन गरेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने गरेका थिए।

यस्तै, नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षकको यूनिफम लगाएको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राख्ने गरेको भेटिएको छ।

महाशाखाले उनको साथबाट नेपाल प्रहरीको बिभिन्न पदहरूको पोशाक लगाएका लगाएका ३ थान तस्बिर, प्रहरी नायब उपरीक्षकको पोशाक र नेपाल प्रहरीको जर्सि बरामद गरेको छ।

उनले आफूलाई मेडिकल डाइरेक्टर समेत बताउने गरेका छन। महाशाखाले कोही व्यक्ति उनीबाट पिडित भएको भए सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

छुटाउनुभयो कि?

सबै