• २७ माघ, आइतबार
  • , Feb 09, Sunday

मोरङमा प्रहरीले स्वास्थ्यकर्मी कुटे

  • २०७८ जेठ १९ बुधबार
  • Yugbani

विराटनगर, १९ जेठ । भेरी अस्पताल नेपालगञ्जका चिकित्सकमाथि विरामीका आफन्तबाट आक्रमण भएको चर्चा सेलाउन नपाउँदै कोशी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी प्रहरीबाटै कुटिएका छन् ।

प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको भन्दै कोशी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार राति ९ बजे कोशी अस्पतालको ड्यूटी सकेर घर फर्कने क्रममा देवकोटा चोकमा चेकजाँचका नाममा प्रहरीले पाँचौं तहका अहेव अशोक राजवंशीलाई कुटपिट गरेको बताइएको छ । ड्यूटीमा खटिएका दुई जना प्रहरीले आफूलाई खुट्टामा लाठी प्रहार गरे राजवंशीको भनाइ छ ।

घटनाको विरोधमा नेपाल चिकित्सक संघको अगुवाइमा कोसी अस्पताल परिसरमा प्रदर्शन गरिएको हो । संघका कोशी अध्यक्ष डा. फरवार्ड सिलवालले भने, ‘ज्यान बचाउन खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा दिनुको साटो उल्टै कुटपिट हुनु व्यावहारिक रुपमा पनि ठिक भएन । संलग्नलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग छ ।’

 

आफूहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराएको सिलवालले बताए ।
मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले घटनाको अनुसन्धान गरिने र दोषी पाइए कारबाही हुने बताए ।

छुटाउनुभयो कि?

सबै