• १५ वैशाख, शनिबार
  • , Apr 27, Saturday

पोखरामा फागु पूर्णिमाको रातमा 'फुलमून बन्जी'

  • २०७७ चैत १२ बिहीबार
  • Yugbani

हाइग्राउन्ड एड्भेन्चर्स नेपालद्वारा सञ्चालित पोखराको हेम्जामा रहेको बन्जी जम्पमा चैत १५ गते फागु पूर्णिमाको रातमा 'फुलमुन बन्जी' हुने भएको छ। 

साहसिक खेलमा फरक स्वाद दिन 'फुलमुन बन्जी' सञ्चालन गर्न लागेको कम्पनीका सिओओ  दिनेश महर्जनले बताए। पोखरामा साहसिक पर्यटनका लागि अन्य खेलहरू भए पनि बन्जी जम्प रातमा अन्यत्र नभएको उनले बताए।

रातिमा जम्प गरिने भएकोले झन 'थ्रिल' र रोमाञ्चकता थप्ने महर्जन तर्क गर्छन्। 'फुलमुन बन्जी' सुरू हुनु अगाडि म्युजिकल इभेन्टहरू समेत सञ्चालन हुनेछन्। कार्यक्रम साँझ ७ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गरिनेछ। 

'फुलमुन बन्जी' गर्न  प्रतिव्यक्ति  ५ हजार लाग्ने महर्जनले बताए। 'फुलमुन बन्जी'को यस छैठौं संस्करणमा करिब ५० जनालाई सहभागी गराउने लक्ष्य कम्पनीले लिएको र प्रिबुकिङ सुरू भएको बताइएको छ। 

९८०२०६५७७२ मा सम्पर्क गरेर अनि हाइग्राउण्डको अफिसियल वेबसाइट (highgroundnepal.com) मार्फत् बुकिङ गर्न सकिने महर्जनले बताए।

मंगलम ग्रुप र गोल्छा अर्गनाइजेसनको संयुक्त लगानीमा हेम्जामा  बन्जीजम्प संचालन भएको करिब एक दशक भैसकेको छ। यो नेपालमा सञ्चालित पहिलो टावर बन्जी जम्प पनि हो। 

४५ मिटर लामो पुल आकारको क्यान्टिलिभर टावरबाट ७२ मिटर तलको याम्दी खोला किनारमा बन्जी जम्प गराउने गरिएको छ। कम्पनीले पोखरामै सराङकोटदेखि हेम्जासम्म नेपालकै पहिलो र लामो जीपलाइन समेत सञ्चालन गरिरहेको छ ।

छुटाउनुभयो कि?

सबै